Logo

कर्पोरेट-बजार

निगमलाई कालोसूचीमा राख्ने सञ्चय कोषको तयारीः २२ अर्ब ऋण २९ अर्ब पुगिसक्यो, थप ऋण नदिने !


GDP Nepal
   १२ श्रावण २०८०, शुक्रबार


काठमाडौं । कर्मचारी सञ्चय कोषले राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमलाई थप कर्जा नदिने भएको छ । यसअघि तीन जहाज खरीदका लागि २२ अर्ब लगानी गरेको कोषको ऋण बढेर २९ अर्ब पुगिसकेको उल्लेख गर्दै कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालले रासससँगको अन्तर्वार्तामा थप ऋण दिन नसक्ने उल्लेख गरेका छन् ।

निगमको दायित्व लगातार बढिरहेको उल्लेख गर्दै प्रशासक धितालले भनेका छन्, “पछिल्ला दिनमा निगमले तीन पटक हाम्रो ऋण तिरेको छ तर निगमको दायित्व लगातार बढीरहेको छ । हामीले छलफल गर्दा तिर्न सक्दैनौँ भन्नुहुन्छ । अर्कातर्फ नयाँ जहाज खरिदमा लाग्नुभएको छ । यो अलिक मिल्दो भएन ।”

निगमले गत आवमा ऋण तिरेको भन्दै चर्चा गराएकोप्रति पनि प्रशासक धितालले असन्तुष्टि जनाएका छन् ।

“पछिल्ला दिनमा हामीले ऋण तिर्‍यौँ भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनु भएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमित रुपमा पूरा किस्ता तिर्नुभएको छैन तर अर्कोतर्फ हामीले तिर्‍यौँ भनेर प्रचार गराउनुभएको छ,” उनी भन्छन्, “नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाएको पनि भनिएको छ । यो एक आपसमा मिल्दो विषय भएन । हाम्रो ऋण ‘प्रोभिजनिङ’ हुँदा सञ्चयकर्ताले प्राप्त गर्ने लाभ प्रभावित भएको छ ।”

आफूहरुले लगातार पहल गरेपनि निगमले पारदर्शीता देखाउन नसकेको प्रशासक धितालको भनाइ छ ।

निगमलाई अगाडि बढाउन जहाज चाहिन्छ भन्नेमा आफू सहमत भए पनि निगममा पारदर्शीता आवश्यक रहेको उनी बताउँछन् । कोषको ऋण तिर्न सरकारले सुनिश्चितता गरेकोनिगमले चासो नदिएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ ।

कोषले सरकारको आवश्यकता हेरेर, हामीले दोस्रो पटक वाइडबडी जहाज खरिदका लागि पुनःऋण दिएको उल्लेख गर्दै धितालले निगममा पारदर्शिता नभएको तथा यस विषयमा महालेखा परिक्षकले पनि आफूहरुलाई पटक पटक प्रश्न उठाइरहेका कारण थप ऋण दिन नसकिने बताएका छन् ।

कोषले मुनाफाभन्दा सञ्चयकर्ताको हित हेरेको छ: प्रशासक धिताल

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह