Logo

मुख्य समाचार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा २१.२९ प्रतिशतले बढ्यो


GDP नेपाल
   २२ श्रावण २०८०, सोमबार


गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा २१.२९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले बढेर २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २८.८४ प्रतिशतले बढेर १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसाले बढेर १८ रुपैयाँ ३७ पैसा पुगेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह