नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको जानकारी दिएका हुन् ।
तर, अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घटेको छ । आर्थिक वर्ष ०७८र७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङको भनाइ छ ।
यस्तै, प्राधिकरणले गत आर्थिक वर्षमा आन्तरिक र वाह्य गरी विद्युत् बिक्रीबाट १ खर्ब आम्दानी गरेको छ । मुलुकभित्रै विद्युत् बित्रीबाट प्राधिकरणले कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको हो भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको हो ।
यस्तै, पत्रकार सम्मेलनमा घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइए जानकारी समेत दिएका छन् ।










प्रतिक्रिया