Logo

Banner-news

वैदेशिक रोजगारीमा जाने घट्नु मन्त्री विष्टको सफलता कि असफलता ?


GDP Nepal
   १३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्ट यतिबेला चर्चामा छन् । सामाजिक सुरक्षा कार्यक्रमपछि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर चर्चामा रहेका मन्त्री विष्टकै कार्यकालमा वैदेशिक रोजगारीको क्षेत्र भने कहालीलाग्दो गरी ओरालो लागिरहेको छ ।

सिद्धान्ततः वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नु स्वागतयोग्य र सकारात्मक नै हो । स्वदेशमै रोजगारी पाएर वा स्वरोजगार भएर विदेशिने युवा घटेको भए यसलाई मन्त्री विष्टको सफलता मान्न सकिन्थ्यो ।

तर, विष्टले मन्त्री हुनेवित्तिकै होहल्ला फिँजाएर वैदेशिक रोजगारी भनेको विकृति नै विकृतिको जड भएको पुष्टि गर्न खोजे । यहाँसम्म की सुधान नगरी म वैदेशिक रोजगारीमा युवालाई पठाउँदिन भनेर अड्डी नै कसे ।


फलस्वरुपः मलेसियालगायतका मुलुकले नेपालको विकल्प खोज्न थाले र नेपाली अर्थतन्त्रमा सुनको फुल पार्ने क्षेत्र भनेर चिनिएको वैदेशिक रोजगारी धर्मरायो । यसले आगामी दिन नेपालको अर्थतन्त्रकै लागिथ झनै चुनौतिपूर्ण हुने देखिन्छ ।

सरकारकै तथ्यांकअनुसार पनि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको छ । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ ।

मलेसिया र कतार संकटका कारण यस्तो समस्या आएको हो र मलेसिया संकटका कारण श्रममन्त्री विष्ट नै हुन् । चालू आवको माघ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ४४ हजारले घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यो संख्या संस्थागत, नयाँ, पुनः प्रवेश र वैधानिकीकरणसहित श्रम स्वीकृतिको संख्यामा घटेको हो ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह