Logo

Banner-news

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा अमेरिकाको चासो


GDP Nepal
   २४ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । नेपालले लगानी सम्मेलनलाई लक्षित गर्दै संक्षिप्त संसदीय प्रक्रियाबाट पारित गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)प्रति अमेरिकाले चासो राखेको छ ।

नेपालमा विदेशी लगानीका नाउँमा अमेरिकी स्वार्थविपरीतका गतिविधि गर्नेहरु भित्रने क्रम बढेसँगै अमेरिकाले गम्भीर चासो राखेको हो । यो ऐन नेपालले लगानी प्रबद्र्धनका लागि नै ल्याए पनि लगानीका नाउँमा नेपालमा अमेरिकाविरोधी जनमत सिर्जना गर्ने क्रम बढिरहेको अमेरिकी बुझाइ छ ।

खासगरी नेपालमा चिनियाँ लगानी बढिरहेकोप्रति अमेरिका सशंकित छ । चिनियाँप्रति रहेको नेपालीको सदभाव तथा लगानीका नाउँमा भित्रिएका चिनियाँहरुले गरिरहेको शंकास्पद गतिविधिप्रति अमेरिकाले चासो जनाएको हो ।

अमेरिकी राजदुत र्याण्डी बेरीले पनि बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ पुगेर उक्त ऐनबारे गम्भीर चासो राखेका थिए । उनले उक्त ऐनले मात्र लगानीको वातावरण सुधार नहुने भन्दै सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताए ।

नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने उनले प्रतिवद्धता जनाएको महासंघले जनाएको छ ।

नेपालमा अमेरिकी लगानी आकर्षणका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने विश्वास उनले दिलाएका छन् ।

महासंघ अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर वाह्य लगानी, प्रविधि तथा विकासको मोडल समेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कुटनीतिक तवरबाट सहयोग गर्न राजदूत समक्ष अनुरोध गरिन् ।
मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशिल रहेको यसका लागि कतिपय ऐन कानूनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आइसकेको र बा“की ऐन कानून पनि छिट्टै ल्याउने तरखरमा रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोड सेडिङको समस्या नरहेकाले लगानीको वातावरण बनिरहेको राणाको तर्क छ ।

प्रकाशित : २४ फाल्गुन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह