नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।
महाशाखाले १० ग्राम र २५ ग्रामका दुई थरीका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।
९९९ शुद्धताको चाँदीबाट बनाइएको १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ तोकिएको छ।
सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया