Logo

बिजनेस होम

होण्डाको ‘दसैँमा दश लाख’ उपहार योजना सार्वजनिक


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


होन्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दसैँमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्रयाच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने योजना ल्याएको हो ।

यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार पाँच सय रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।

ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु। १ फाइनान्स योजना’मा पनि ‘दसैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छुट पनि उपलब्ध हुने उल्लेख छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह