Logo

बैंक / बिमा /शेयर

सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा आयल निगम


GDP नेपाल
   ९ आश्विन २०८०, मंगलबार


नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । यस्तै, ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनको भनाई थियो ।

सभामा नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्याँसको मूल्य बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको बताउँदै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह