Logo

अर्थनीति

कैलाश हेलिकप्टर अब पब्लिक कम्पनी, सन् २०२६ सम्ममा ५ हेलिकप्टर पुर्याउने


gdpnepal
   १० आश्विन २०८०, बुधबार


काठमाडौं । कैलाश हेलिकप्टर प्रालि अब पब्लिक कम्पनी बनेको छ । कम्पनीले पुँजीवृद्धिसहित आईपीओमा जानका निमित्त प्रालिबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

कैलाश हेलिकप्टर २०७३ फागुन १७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई प्राइभेट कम्पनीको रुपमा रहेको थियो ।

कम्पनीलाई २०८० असार २४ गतेको निर्णयबाट प्राइभेट कम्पनी (प्रा.लि.) बाट पब्लिक कम्पनी (लि.) मा परिणत गर्ने निर्णय भएको हो ।

२०७४ फागुन ९ गतेबाट सेवा आरम्भ गरी ३ वटा एअरबस एएस–३५० सिरिजको तीनवटा हेलिकोप्टरमार्फत उडान गर्दै आएको कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ।

कम्पनीको एओसी नेपाल नागरिक उड्डयन प्राधिकरणको गत असोज ८ गते संशोधित भई कैलाश हेलीकप्टर सर्भिसेस् लि. पब्लिक कम्पनी (लि.) को नामबाट सेवा आरम्भ गरिएको थियो

कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार पुँजी वृद्धिसहित नागरिक उड्डयन प्राधिकरणको नीतिअनुसार न्यूनतम पाँच हेलिकप्टर पुर्याउनुपर्ने शर्त पालनाको प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणले हाल संचालित हेलिकप्टरहरु ५ बर्षमा ५ थान पु¥याउनु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले २०२४मा एक थान र सन २०२६ मा एक थान हेलिकप्टर थप गरी सन् २०२६ सम्म ५ वटा हेलिकप्टर पु¥याउने भएको छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह