Logo

Banner-news

अनमोलले ‘स्टारडम’ देखाउँदा प्रहरीमा पनि शक्तिको उन्मादः, पक्राउ पुर्जीसहित हिरासतमा !


gdpnepal
   १२ आश्विन २०८०, शुक्रबार


काठमाडौं । अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । उन आर्थिक विश्वासघात (ठगी) आरोपमा नेपाल प्रहरीले शुक्रबार साँगाबाट पक्राउ गरेको हो।

केसीमाथि रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ एडभान्स लिए पनि सम्झौता गर्न नमानेको भन्दै उजुरी परेको थियो ।

फिल्मका निर्मात्री चन्द्रकला कटवाल थापाको उजुरीका आधारमा उनी पक्राउ परेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

निमात्री थापाले अनमोलकै कारण फिल्मका अन्य कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी छन्।

केसीलाई प्रहरीले पटकपटक बोलाउँदा पनि नआएका कारण पक्राउ गरिएको जनाएको छ ।

उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको राठौरले जानकारी दिएका छन् ।

यद्यपि, यो घटनामा अनमोलले स्टारडम देखाएर प्रहरीलाई उपेक्षा गरेको तथा प्रहरीमा पनि अनमोललाई देखाइदिने भन्दै शक्तिको उन्माद देखिएको जानकारहरु बताउँछन् ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह