Logo

बिजनेस होम

विदेशी पहुनालाई दशैं परिकार खुवाइनेः यी होटलमा पाइन्छ छुट !


gdpnepal
   २५ आश्विन २०८०, बिहिबार


काठमाडौं । दशैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ ।

दशैंको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्ण रुपमा सञ्चालनमा नआउने भएकोले होटलहरुले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरुलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ ।

पर्यटकहरुले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुची राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलहरु झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दशैंको चाडपर्वमा घर परिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने पकवान आफ्ना ग्राहकहरु माझ पस्कने छन् ।

यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरु पनि सहभागी रहने होटल संघ नेपालले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह