काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन तथा घुम्ने संस्कृति विकास गर्न चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दशैँ धमाकां” योजना ल्याएको छ ।
कात्तिक १ गतेदेखि ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । ४ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क र ५ देखि ९ वर्षको हकमा २५ प्रतिशत छुट गरिएको लजले बताएको छ ।
यस प्याकेजमा सहभागी हुनेले दुई वटा लन्च, दुई वटा डीनर र ब्रेकफास्ट सहित निकुञ्ज भित्रको जीप सफारी, डुंगा सयर, जंगल पद यात्रा,हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।
सहुलियत मुल्यमा स्विमिंग पुल, पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ ।
दशैंको बेला नेपालमा रहेका र बाहिर बाट नेपाल आएका नेपालीहरुलाई कता घुम्ने भईरहेको हुन सक्छ, त्यही भएर यो योजना ल्याएको उनले जानकारी दिए ।
“हामीले विगत एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,” उनले भने ।
जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर विशेष छुट दिने बताएको छ र नेपालमा रहेका एक्सप्याटहरुलाई पनि छुट दिने बताएको छ ।
प्रतिक्रिया