कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकले असोजको तुलनामा कात्तिकमा मुद्दती निक्षेपमा औसत ०.२९९ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । असोजमा वाणिज्य बैंकले औसत १०.२६ प्रतिशत ब्याज दिएका थिए । कात्तिकमा २० वाणिज्य बैंकको औसत ब्याजदर ९.९६ प्रतिशत छ ।
कार्तिक महिनाका लागि एकएमबि बैंक र नेपाल एसबिआई बैंकले भने ब्याजदर बढाएका छन् ।
प्रतिक्रिया