Logo

मुख्य समाचार

भारतमा उपचाररत मनाङ एयरका क्याप्टेन सेढाईंको मृत्यु


GDP नेपाल
   ८ कार्तिक २०८०, बुधबार


काठमाडौं । हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत क्याप्टेन सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेपछि उनी जलेर गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङको अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।

प्रकाशित : ८ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह