Logo

Banner-news

यी हुन् जापानमा नेपालीले काम पाउने १४ क्षेत्र, सेवासुविधा पनि जापानीसरह !


GDP Nepal
   १२ चैत्र २०७५, मंगलबार


काठमाडौं । आउँदो अप्रिल १ देखि जापानले १४ क्षेत्र विदेशीका लागि खुला गरेको छ । जसअन्तर्गत केही समयपछि नेपाली कामदारले पनि लैजानेछ ।

जापानले नेपालसहित भियतनाम, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, चीन, फिलिपिन्स, इन्डोनेसिया र मंगोलियाबाट आउँदो पाँच वर्षभित्र ३ लाख ४ हजार श्रमिक लैजानेछ ।
जापानले खुला गरेका १४ क्षेत्रमा कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन रहेका छन् ।
यस्तै, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योगमा पनि नेपाली कामदार जान पाउनेछन् ।

जापान

जापानले खुला गरेका अन्य क्षेत्रमा बिल्डिङ सरसफाई व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योग रहेका छन् । नेपाली श्रमिकलाई १४ वटै क्षेत्रमा खुला गरिएको भए पनि कुन कुन क्षेत्रमा के कति संख्यामा नेपाली श्रमिकहरूको माग हुने भन्ने विषय भने निक्र्योल हुन बाँकी छ ।

सोमबार प्रारम्भिक तहको समझदारी भए पनि जापान जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्क (लागत)का सम्बन्धमा समेत टुंगो लाग्न बाँकी छ । सोमबार भने नेपाल सरकार र जापान सरकारबीच ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लू) अन्तर्गत नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा सोमबार हस्ताक्षर भएको हो ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह