Logo

बिजनेस होम

दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा


GDP नेपाल
   २३ कार्तिक २०८०, बिहिबार


अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ ।

दुई अर्ब लगानीमा बनेको यस चेन होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ । आज एक कार्यक्रमबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले होटलको उद्घाटन गरेका हुन् ।

दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको यस होटलमा हाल १ सय कोठा रहेका छन् । होटलका अध्यक्ष नरेशलाल श्रेष्ठका अनुसार होटलमा स्वीमिङ पुलका साथै दुई वटा ब्याङक्वेट हल र दुई वटा रेस्टुरेन्ट रहेका छन् । यस्तै, होटलले हाल करिव १ सय जनालाई रोजगारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा निर्यात समितिको सभापति समेत रहेका श्रेष्ठको नक्सालमै ‘स्वर्णिम बुटिक होटल’ पनि सञ्चालनमा रहेको  छ ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह