युनिलिभर नेपालले वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीले मंसिर २६ गते ३० औं वार्षिक साधारण सभा डाकेको हो । सभा होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।
सभाले कर सहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका यो नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
यसका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा पनि छ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसमा पनि छलफल हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ, मंसिर ११ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया