Logo

बैंक / बिमा /शेयर

पाउण्डको भाउ अहिलेसम्मकै उच्च, डलर स्थिर  


GDP नेपाल
   १२ मंसिर २०८०, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ । 

सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो । 

युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । डलरको भाउ दुई दिनदेखि स्थिर रहेको छ। 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५७ पैसा र बिक्री दर ९८ रुपैयाँ ०१ पैसा रहेको छ । 

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह