Logo

बिजनेस होम

होटल कैलाश कुटीमा भित्रिए नयाँ व्यवस्थापक


GDP नेपाल
   २० मंसिर २०८०, बुधबार


ठमेलस्थित होटल कैलाश कुटीको नयाँ व्यवस्थापन समीतिमा राजेश पाण्डेको टोली आएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ व्यवस्थापन समीतिले होटललाई पुन नयाँ ढंगबाट सन्चालनमा ल्याएको हो ।  

विक्रम सम्बत २०७६ मा कन्सट्रकशन सुरु भई २०७९ बैशाखदेखि संचालनमा आएको यस होटल झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस होटलमा हाल ४४ वटा डीलक्स प्रिमियम र फेमेली रुम रहेको छ । यसलाई विस्तारै अपग्रेड गरी आगामी दिनमा ४ तारे होटलको रुपमा रुपान्तर गर्ने होटल उच्च व्यवस्थापकले जनाएको छ । 

नुवाकोटको मदनपुरमा जन्मनुभएका पाण्डे सन् १९९७ मा ठमेल प्रवेश गरेका थिए । १९९८ देखि ठमेललाई कर्मथलो बनाई आफ्नो व्यापार व्यवसाय शुरु गरेका पाण्डेले सन् २००७ देखि अमेरिकामा रियल स्टेट, अपार्टमेन्ट, व्यवसायीक प्लाजा संचालन गर्नुभएका साथै हस्तकला व्यवसायमा पनि सक्रिय रुपमा लागि परेका छन् । उनले हाल नेपाल, चिन र भारतबाट हस्तकलामा सामाग्री आयात गर्दै आएका छन् ।

आफूले विदेशमा कमाएको आयआर्जन र सिपलाई आफ्नै मातृभूमीमा लगानी गर्ने तिव्र इच्छाका साथ पछिल्लो समय वुटिक होटल तथा हेल्थ क्लबमा लगानी केन्द्रित गरेको पाण्डेले जनाएका छन् । झण्डै १ अर्ब हाराहारीमा लगानी रहेको यस होटल नितान्त पारिवारिक लगानी केन्द्रित रहेको उनको भनाई छ ।  

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह