Logo

Sub-banner

२९ तोला सुन सहित दुई जना पक्राउ


GDP नेपाल
   २५ मंसिर २०८०, सोमबार


काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ बर्षिय मोहन वि.क. र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन् । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्र.–३–०१–०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।

चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।

हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।

‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भन्नुभयो –‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ ।’

प्रकाशित : २५ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह