ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रतिक्रिया