रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा आएको छ । काठमाडौंको दरबार मार्गस्थित सो रेस्टुरेन्टको आज भव्य उद्घाटन गरिएको हो ।
जीवन विज्ञानका अध्यक्ष एलपी भानु शर्माले रेस्टुरेन्ट उद्घाटन गर्दै बाँच्ने कला र आध्यात्मिक पक्षबारे छोटो प्रवचन दिएका थिए। कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोलीको सहभागीता रहेको सञ्चालक आकाश अधिकारीले जानकारी दिए ।
सहरको मध्य भागमा रहेको अन्नपूर्ण आर्केड, दरबार मार्गको पहिलो तल्लामा रहेको यस रेस्टुरेट विगत ६ महिनादेखि क्याजुअल डाइनिङ प्रतिष्ठानले सञ्चालनमा ल्याएको भए पनि यसको आज औपचारिक उद्घाटन गरिएको हो ।
रेस्टुरेन्टमा विभिन्न प्रकारका स्वादिष्ट खानेकुराका परिकार पस्कँदै आएको म्यानेजिङ डाइरेक्टर रेवन्तकुमार क्षेत्रीले बताए।
उद्घाटन समारोहमा कैदीबन्दी र उनीहरूका परिवारलाई सहयोग गर्ने संस्थालगाएत कैदी सहायता मिशनका ससाना बच्चाहरू पनि उपस्थित रहेको थियो । समुदायप्रति उत्तरदायी बन्ने प्रयासअनुरूप जेलजीवन बिताइरहेका बाबुआमका बच्चालाई सहयोग गरिएको सञ्चालक अधिकारीले जानकारी दिए ।
उनले भने ,’हामी चार युवाले भविष्यलाई ध्यानमा राखेर रिगल फ्लेभर्स रेस्टुरेन्ट् सञ्चालनमा ल्याएका हौं। हामीले रेस्टुरेन्टसँगै बालबालिकालाई निम्त्याएर थोरै भए पनि सहयोग गरेका हौं। अन्यको लागि पनि यो उदाहरणीय बन्नेछ भन्ने हामीलाई विश्वास छ ।’
म्यानेजिङ डाइरेक्टरले समुदायलाई सहयोगी भाव राख्ने भावनाका साथ युवा मिलेर अन्य भूगोलको खोजी नगरी आफ्नै मातृभूमिका केही गर्न लागेको सन्देश पनि दिने प्रयास गरिएको बताए । युवा पुस्ता स्वदेशमा निराश भएर विदेश गइरहेका बेला विदेशमै अध्ययन गरेर आएका आकाश अधिकारीसहितको टिमले सञ्चालनमा ल्याएको यो रेस्टुरेन्ट युवा पुस्ताका लागि अनुकरणीय हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया