Logo

Banner-news

आयल निगमका नयाँ एमडी पनि नाफामुखी, उपभोक्ताको ढाड सेक्दै


GDP Nepal
   २३ चैत्र २०७५, शनिबार


काठमाडौं । नेपाल आयल निगमको नेतृत्वमा सुरेन्द्रकुमार पौडेल आएपछि निगमको सुधारसँगै आम उपभोक्ताले सहज रुपमा सेवा पाउने अपेक्षा गरिएको थियो । तर, प्रारम्भिक परिणाम हेर्दा कार्यकारी निर्देशक पौडेल पनि अघिल्ला प्रमुखभन्दा फरक देखिन सकेका छैनन् ।

निगमका नयाँ कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडलको ध्यान नाफामै केन्द्रित हुँदा उपभोक्ताका लागि महिनौंदेखि मूल्य समायोजन भएको छैन । जबकि अन्तर्राष्ट्रिय बजारमा यसबीचमा कच्चा तेलको मूल्य निकै तल झरिसकेको छ ।

सुरेन्द्रकुमार पौडेल

मूल्य समायोजन नहुँदा निगम मासिक २ अर्ब रुपैयाँ नाफा कमाउने अवस्थामा पुगेको बताइन्छ । तर, कार्यकारी निर्देशक पौडेल भने व्यापारको दुई प्रतिशत मात्र मुनाफा राखेको बताएर उपभोक्तालाई भ्रममा राख्न खोजिरहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

बिहीबार निगमको ३७ औं वार्षिक साधारणसभामा कार्यकारी निर्देशक पौडेलले यो वर्ष निगमको कुल प्रशासनिक खर्च दुई प्रतिशतभन्दा कम रहेकाले नाफा पनि सोही अनुपातमा राखिएको बताएका थिए ।

निगमले असार मसान्तसम्ममा करिब ५ अर्ब रुपैयाँ नाफा हुने अपेक्षा गरेको पौडेल बताउँछन् । तर, स्रोतका अनुसार मूल्य स्थिर रहे यसको दोब्बर नाफा हुने देखिन्छ ।
वार्षिक १ खर्ब ९५ अर्ब रुपैयाँको कारोबार गर्दै आएको निगमले राजस्ववापत गत वर्ष ५५ अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ ।

प्रकाशित : २३ चैत्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह