मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजे सभा बोलाएको छ ।
सभामा बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।साधारण सभा प्रयोजनार्थ मितेरीले मंसिर २८ गते बुक क्लोज गरिसकेको छ । मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।
प्रतिक्रिया