Logo

मुख्य समाचार

प्रधानमन्त्रीको सचिवालय फेरिने, अपरिहार्य बाहेकका कार्यक्रममा नजाने


gdpnepal
   १० पुस २०८०, मंगलबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व निर्धारित र अपरिहार्य बाहेक कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन् । यसअघि सामान्य कार्यक्रममा पनि घन्छौं विताएर आलोचित प्रधानमन्त्रीले अब कार्यक्रममा कम उपस्थित हुने प्रतिवद्धता जनाए ।

मंगलबार सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाउँमा सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने बताए ।

प्रधानमन्त्रीले सचिवालय परिवर्तन गर्ने घोषणा पनि गरेका छन् । “यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु, सिङ्गो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ,” उनले भने ।

प्रकाशित : १० पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह