Logo

बिजनेस होम

पुस १२ देखि ‘आठौ रियल इस्टेट एक्स्पो’ सुरु हुँदै


GDP नेपाल
   ११ पुस २०८०, बुधबार


पुस १२ गतेदेखि १५ गतेसम्म ‘आठौ रियल इस्टेट एक्स्पो’ सुरु हुने भएको छ । भृकुटीमण्डपमा आयोजना हुन लागेको यस एक्स्पोमा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ-आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक विदुर धमलाका अनुसार मेलाले सर्वसाधारणमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा सूचना तथा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुऱ्याउने छ । 

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् । यस्तै,  विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिड, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने मेला आयोजक समितिले जनाएको छ । 

मेलाबाट एकातर्फ योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो व्यवसायमा आवद्ध व्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ ।

संक्षेपमा घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने आयोजकको विश्वास रहेको छ । मेलामा कम्तीमा ६५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र ६० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह