Logo

मुख्य समाचार

टेरामक्स खरीदमा दूरसञ्चार प्राधिकरणले अनियमितता गरेको आशंका, कार्यान्वयन नगर्न निर्देशन


gdpnepal
   ११ पुस २०८०, बुधबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणााली खरीदमा अनियमितता गरेको आशंका गर्दै संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसमा थप छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिले टेरामक्स खरिद प्रक्रियामा कानुन उल्लंघन भएको ठहर गरेको छ भने आर्थिक अनियमितताका सम्बन्धमा थप अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो ।

बुधबार बसेको समिति बैठकले टेरामक्स खरीदसम्बन्धी प्रक्रिया यथास्थितिमा राख्नसमेत निर्देशन दिएको छ ।

“टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर छ,” समिति सभापति ऋषिकेष पोख्रेलले भने, “यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन समिति अख्तियारलाई निर्देशन गर्ने निर्णय भएको छ ।”

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह