काठमाडौं । बबरमहस्थित नेपाल आर्ट काउन्सिलमा मंगलबार सुरु भएको चित्रकार भरत सिंहको एकल चित्रकला प्रदर्शनीले सबैलाई लोभ्याएको छ ।
दुई दशकदेखि मुम्बईमा बसेर चित्रकारितामा प्रसिद्धि कमाएका नेपाली मूलका चित्रकार सिंहले ४६ जना नेपाली उद्यमी–व्यवसायी, राजनीतिज्ञ र कलाकारहरुका पोट्रेट समावेश गरेका छन् ।
चित्रकार सिंहले मुम्बईमा बलिउड कलाकार अमिताभ बच्चन, बालासाहेब ठाकरे, सचिन तेन्दुलकर, रतन टाटा लगायत प्रसिद्ध व्यक्तिहरुको एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् ।
पोट्रेटका लागि सिंहले गुगलमा उपलब्ध तस्विरको सहायता लिएका हुन् । यो संकलन तयार गर्न उनलाई चार वर्ष लागेको हो ।
“नेपाली मूलका कलाकारले अन्तर्राष्ट्रिय चित्रकला समुदायमा पाएको प्रसिद्धिमा हामीलाई गर्व लागेको छ,” आफ्नै पोट्रेट हेरिसकेपछि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले भने ।
चित्रकला प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।
हेरौं उनका केही पोट्रेट कलाः
प्रतिक्रिया