काठमाडौं । संघीय सरकारले जनताले तिरेको कर दुरुपयोग गर्दै पहुँचवाला र भीआईपीहरुलाई बाँडिरहने प्रवृत्त रोकिएको छैन । केन्द्रीय सरकारको यो गलत काममा औंला ठड्याउने तल्लो तहका जनताको आफ्नै सरकार पनि यसरी नै बजेट दुरुपयोगमा उद्यत देखिएको छ ।
प्रसंग हो– प्रदेश ३ सरकार र सिन्धुपाल्चोकको एक गाउँपालिकाको । हेटौंडास्थित प्रदेश ३ सरकारको मन्त्रिपरिषदले निर्णय गरेरै हिमाल आरोहणका लागि ४० लाख बजेट विनियोजन र निकासा ग¥यो । यतिमात्र होइन प्रदेश सरकारले बजेट दिएको हिमाल आरोहण टोलीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले थप १० लाख रुपैयाँ प्रदान ग¥यो ।
जम्मा ६ हजार १ सय ५१ मिटर उचाईको जुगल हिमाल आरोहणका लागि प्रदेश र स्थानीय सरकारले खर्चेको रकम हेर्दा यो रकम त सगरमाथा आरोहणका लागि आवश्यक पर्नेभन्दा बढी बजेट विनियोजन गरिएको छ । त्यसै पनि ६ हजार आसपासका हिमाल आरोहण प्रशिक्षार्थी आरोहीले मात्रै आरोहण गर्ने गर्दछन् ।
जुगल हिमाल आरोहणका लागि प्रदेश सरकारले ४० लाख र जुगल गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेको थियो । आरोहण टोलीले मंगलबार शिखर पनि चुमिसकेको छ ।
तर, प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालको गृहजिल्लामा रहेको यो हिमाल आरोहणमा बजेट छुट्याउनु बजेटरी प्रणालीभित्रको विकृति पनि हो । जनताको कर हिमाल चढ्ने नाउँमा उडाउनुले प्रदेश र स्थानीय सरकारभित्रको विकृति उजागर हुन्छ ।










प्रतिक्रिया