Logo

बिजनेस होम

आइसक्रिम उद्योग संघले कानुनी लडाइँ जित्यो, डेरी एशोसिएसनको रिट खारेज !


gdpnepal
   २५ पुस २०८०, बुधबार


काठमाडौं । नेपाल आइसक्रिम उद्योग संघले कानुनी लडाइँ जितेको छ । आइसक्रिम उद्योग संघको गठन र नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यता प्राप्ती विरुद्ध नेपाल डेरी एसोसिएसन लगायत केही व्यवसायीले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र चन्द्रमणि ज्ञवालीको इजलासले बुधबार रिट खारेजीको फैसला सुनाएको हो ।

डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललगायतले आइसक्रिम एशोसिएसन दर्ता गर्ने निकाय गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइ दायर गरेको रिट खारेज भएको हो । रिटमा मन्त्रालयसहित ५ निकायलाई विपक्षी बनाइएको थियो ।

महासंघको राजनीतिसँग जोडिएको यो लडाइँमा तत्कालीन वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्रतिष्ठा गाँसिएको थियो । अञ्जनकै पहलमा गठन भएको आइसक्रिम एशोसिएसनमा उनकै भाइ निरञ्जन श्रेष्ठ अध्यक्ष छन् ।

डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, पूर्वअध्यक्ष सुमित केडिया लगायतले सुरुवातदेखि नै संस्था गठनको विरोध गर्दै आएका थिए तर संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारी भने आइसक्रिम एशोसिएसन गठनको पक्षमा उभिएका छन् ।

राजभण्डारीले नेपालमा आइसक्रिम उत्पादन गर्ने उद्योगको हकहितको लागि संस्था स्थापना भएको भन्दै अदालतको फैसलाले यस क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

उनका अनुसार नेपाल आइसक्रिम उद्योग व्यवसाय संघलाई उद्योग वाणिज्य महासंघको २०७८ फाल्गुन २२ गते बसेको आठांै कार्यकारिणी समितिको बैठकको निर्णयबाट बस्तुगत साधारण सदस्यता प्रदान गर्ने निर्णय भएको थियो ।

नेपाल डेरी एसोसिएसन र यसमा आवद्ध केही सदस्यहरुले दूध र आइसक्रिमलाई समान प्रकृतीको व्याख्या गरी संस्थालाई महासंघको सदस्यता दिन नहुने लबिङ गर्दै आएका थिए । महासंघको ५७ औं साधारणसभामा पनि यससम्बन्धी विवाद भएको थियो ।

एशोसिएसनले गृह मन्त्रालय, जिल्ला प्रसासन कार्यालय, मुख्य निर्वाचन अधिकृत, महासंघ र आइसक्रिम उद्योग संघ समेतलाई विपक्षी वनाइ नेपाल आइसक्रिम उद्योग व्यवसाय व्यवसाय संघको महासंबाट सदस्यता हटाउन उच्च अदालत पाटनमा उत्प्रेषण, परमादेश जारी गरी पाउन रिट हालेको थियो ।

महासंघ कार्यकारिणी समिति सदस्य राजभण्डारीका अनुसार बुधबारको फैसलाबाट महासंघले नेपाल आइसक्रिम उद्योग व्यवसाय संघलाइ कार्यकारिणी समिति बैठकको निर्णयबाट प्रदान गरेको वस्तुगत संघको सदस्यता कायम भएको छ । कानुनी विवादको अन्त्यसँगै सबै व्यवसायीबीच सहकार्यका साथ अघि बढ्नुपर्ने उनले बताए ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह