काठमाडौं । मुक्तिनाथ दर्शन प्रा. लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कनसहितको अद्यावधिक गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुधबार लगानी बोर्ड नेपालको कार्यालयमा बुझाएको छ ।
मुक्तिनाथ केबलकारका अध्यक्ष अरुणकुमार सुवेदीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सो प्रतिवेदन बुझाएका हुन् ।
डीपीआरमा ५५ अर्ब १८ करोडको अनुमानित लागतमा ८१.०१४ किलोमिटर लामो केबलकार आयोजना निर्माण गर्ने परिकल्पना गरिएको छ ।
प्रतिक्रिया