नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम आयोजना गरेको छ ।
यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिने छ ।
ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ ।
आज पुस २७ गतेदेखि सुरु भएको यो अफर पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगञ्जमा लागू हुनेछ ।
फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् ।
यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहक वर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभुति गर्दै गाडि किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।
यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।
कम्पनीले यो मेलामा सहभागी भएर नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु अनुरोध गरेको छ ।
प्रतिक्रिया