Logo

Banner-news

नेपाल दक्षिण एसियाकै राइजिङ स्टारः प्रधानमन्त्री


GDP Nepal
   १ बैशाख २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियाकै राइजिङ स्टार भएको दावी गरेका छन् । उनले आर्थिक विकास र आर्थिक वृद्धिका हिसाबले नेपाल दक्षिण एसियाकै राइजिङ स्टार भएको दावी गरेका हुन् ।

देशवासीका नाउमा सम्बोधन गर्दै प्रधानमन्त्री

नयाँ वर्षको अवसरमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले हालै राजधानीमा आयोजना गरिएको लगानी सम्मेलनमा आएका विदेशी पाहुनाहरु तथा वित्तीय क्षेत्रका अधिकारीहरुले नेपाललाई दक्षिण एसियाको उदाँउदो अर्थतन्त्र भनेको प्रसङ्ग स्मरण गर्दै प्रधानमन्त्रीले विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताए ।

२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने बताए ।

अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गरे ।
उनले नेपाल आर्थिक हिसावले दक्षिण एसियाको राइजिङ स्टार भएको पनि बताए ।

ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताए । सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गरे ।

समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन÷उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको उल्लेख गरे ।

प्रकाशित : १ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह