Logo

बैंक / बिमा /शेयर

३२.१९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा


GDP नेपाल
   ४ माघ २०८०, बिहिबार


कामना सेवा विकास बेंकले दोस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमासम्म बैंकको खुद नाफा ३२.१९ प्रतिशले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा पनि ३२.२४ प्रतिशले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा कामना सेवाको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह