काठमाडौं । निर्धारित समयभन्दा एक वर्षअगावै भेरी बबईको सुरुङ निर्माण पूरा भए पनि त्यसले कुनै लाभ नदिने भएको छ ।
सुरुङ निर्माण पूरा भए पनि तत्काल पानी ल्याएर बिजुली उत्पादन गर्न कुनै संरचना बनेको छैन भने सिँचाइका लागि पनि तल्लो क्षेत्रमा पूर्वाधार निर्माण नै पूरा भएको छैन ।
नेपालमै पहिलोपटक सुरुङ खन्ने विशाल उपकरण टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य यसैसाता सम्पन्न भएको हो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय स्वीच थिचेपछि बाँकी रहेको दुई मिटर सुरुङ खन्दै गत साल कार्तिक २० गते बबईबाट भित्र पसेको टीबीएम मेसिन आयोजनाको ड्याम निर्माणस्थल भेरीगंगा ११ चिप्लेमामा निस्किएको थियो ।
राष्ट्रिय गौरवको आयोजना निर्धारित समयभन्दा पहिल्यै पूरा हुने भए पनि यसबाट तल्लो क्षेत्रमा कसरी लाभ लिने भन्ने कुनै ठोस योजना नबन्दा यस्तो अवस्था देखिएको हो ।
सुरुङ जम्मा १२ किलोमिटर २ सय मिटर लामो छ । सम्झौताअनुसार २०७६ चैत १५ गतेसम्म समय रहेकोमा त्यसको एक वर्षअगावै सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो ।
सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर वर्षैभरी ४८.२ मेगावाट विद्युत निकाल्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
तर, सिंचाइका लागि संरचना नै बन्न सकेको छैन ।










प्रतिक्रिया