Logo

घुमफिर

भिजिट भिसाबारे ६ बुँदे नयाँ कार्यविधि जारी


GDP नेपाल
   ९ माघ २०८०, मंगलबार


अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि नयाँ कार्यविधि जारी गरेको छ । विभागले आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो।

नयाँ कार्यविधि अनुसार कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने विभागले जनाएको छ । त्यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविटरक्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।

यसका साथै, संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने विभागले जनाएको छ ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह