Logo

बिजनेस होम

भारतीय अटो बजारमा मारुती सुजुकीको एकछत्र राजः कुन गाडी कति बिके ?


gdpnepal
   १७ माघ २०८०, बुधबार


काठमाडौं । भारतीय अटो बजारमा सन् २०२३ मा सबैभन्दा बढी बिक्ने कार सुजुकी स्वीफ्ट बनेको छ ।

भारतीय कार बिक्रेताहरुका अनुसार सुजुकी स्वीफ्ट २ लाख ३ हजार ४६९ युनिट बिक्री भएको थियो भने स्वीफ्टलाई पछ्याउँदै मारुती सुजुकी वेगनआर दोस्रो स्थानमा पुगेको छ ।

वेगनआर २ लाख १ हजार ३०२ युनिट बिक्री भएको छ भने तेस्रो स्थानमा रहेको मारुती सुजुकी बलेनो पनि १ लाख ९३ हजार ९८८ युनिट बिक्री भएको छ ।

मारुती सुजुकीकै बोलवाला रहेको भारतीय अटो बजारमा ब्रेजा पनि सन् २०२३ मा १ लाख ७० हजार ५८८ युनिट बिक्री भएको पाइएको छ ।

हेरौं, भारतमा सर्वाधिक बिक्री भएका १० मोडलका प्यासेन्जर कारहरुः

१. सुजुकी स्वीफ्ट– २ लाख ३ हजार ४६९ युनिट
२. मारुती सुजुकी वेगनआर– २ लाख १ हजार ३०२ युनिट
३. मारुती सुजुकी बलेनो– १ लाख ९३ हजार ९८८ युनिट
४. मारुती सुजुकी ब्रेजा– १ लाख ७० हजार ५८८ युनिट
५. टाटा नेक्सन– १ लाख ७० हजार ३११ युनिट
६. सुजुकी डिजायर– १ लाख ५७ हजार ५२२ युनिट
७. हुन्डाई क्रेटा– १ लाख ५७ हजार १८२ युनिट
८. टाटा पञ्च– १ लाख ५० हजार १८२ युनिट
९. मारुती सुजुकी इको– १ लाख ३६ हजार १० युनिट
१०. मारुती सुजुकी अर्टिगा– १ लाख २९ हजार ९६७ युनिट

प्रकाशित : १७ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह