Logo

Banner-news

निजी क्षेत्रप्रति अनुदार उद्योगमन्त्रीले किन गरे सीएनआईलाई मन्त्रालयमै स्वागत ?


GDP Nepal
   ११ बैशाख २०७६, बुधबार


काठमाडौं । उद्योगमन्त्री मातृकाप्रसाद यादवलाई निजी क्षेत्रप्रति निकै अनुदार मन्त्रीका रुपमा लिइन्छ । निजी क्षेत्रका कतिपय संघ संगठनले त उनलाई बोलाउनैपर्ने बाध्यता रहेकोबाहेकका कार्यक्रममा औपचारिकतावश बोलाउन समेत छाडिसकेका छन् ।

उद्योगमन्त्रीलाई बोलाउनुपर्ने कार्यक्रममा उपराष्ट्रपति, सभामुख वा उपप्रधानमन्त्रीलगायतलाई बोलाएर कार्यक्रम गर्ने प्रचलन निजी क्षेत्रमा छ । निजी क्षेत्रकै कार्यक्रममा गएर उनीहरुप्रति नै टिकाटिप्पणी गर्ने उद्योगमन्त्रीको रवैयाप्रति निजी क्षेत्र आजित छ ।

सीएनआई पदाधिकारीसँग मन्त्री यादव

तर, मंगलबार भने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्यसमितिका पदाधिकारीहरूलाई आफ्नै कार्यालयमा स्वागत गरे ।

उद्योगमन्त्री सीएनआई प्रतिनिधिमण्डललाई स्वागतमात्र गरेनन् कि देशमा लगानीको वातावरण बन्दै गएको भन्दै सीएनआईलाई आफ्ना कार्यक्रमहरूमार्फत यसको सन्देश देश तथा विदेशमा पु¥याउन आग्रह पनि गरे ।

मन्त्री यादव र सचिव केदारबहादुर अधिकारीले निजी क्षेत्रमैत्री वातावरण निर्माणको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा परिसंघका नवनियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरू दिदै आएको र आगामी दिनहरूमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै उद्योगमन्त्री फेरिएको महशुस निजी क्षेत्रले पनि गर्न थालेको छ । उनी निजी क्षेत्रप्रति सफ्ट महशुस भएको एक व्यवसायीले बताए । विगतमा भने उद्योग मन्त्रालयसँग सम्बन्धित गुनासो निजी क्षेत्रले सिधै प्रधानमन्त्रीसम्म पुर्याउन थालेपछि विगतदेखि नै मन्त्री यादव क्रुद्ध थिए ।

प्रकाशित : ११ बैशाख २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह