Logo

मुख्य समाचार

चौधरी पक्राउबारे सीआईबी बोल्योः बाँसबारीको १० रोपनी जग्गा ठगी गर्ने पक्राऊ


gdpnepal
   १९ माघ २०८०, शुक्रबार


काठमाडौं । व्यवसायी अरुणकुमार चौधरी लगायत तीनजना पक्राउको एक दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले औपचारिक जानकारी दिँदै बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने पक्राउ गरिएको जनाएको छ ।

सीआईबीको विज्ञप्तिमा मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७ कात्तिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लि. को नाममा श्रेस्ता कायम भएको जग्गाको अनियमितताका सम्बन्धमा अनुसन्धान गरिएको उल्लेख छ ।

काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८ ३ २ ० जग्गा श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून बिपरीत संचालक समितिले आफुलाई फाईदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले जग्गाको हक हस्तान्तरण गरेको जनाइएको छ ।

“मिति २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फवाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लि. को नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कि.न. ५० को १८–३–२–० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको पाइएको छ,” सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

च्याम्पियन फुटवयेर लि. को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालिन संचालक समितिले निर्णय गरेको, सम्झौता वमोजिम १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६ लाख २ सय ७८ रुपैयाँ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पु¥याई आफूहरुले आर्थिक लाभ लिएको सीआईबीको दावी छ ।

साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी ६० वर्षीय चौधरीसहित ८० वर्षीय अजित नारायण सिंह थापा र ४५ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह