काठमाडौं । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ भन्ने विषयमा आइडिया शेयरिङ्ग कार्यक्रमको आयोजना मिति २०८० माघ २४ मा हिलसाइड होटल कीर्तिपुरमा गरेको छ।
यसै सन्दर्भमा समाजमा रहेका विज्ञहरुको विचार सुनेर अन्तरक्रिया गर्ने डबलीको रुपमा रहेको आइडिया शेयरिङ्गको नयाँ शृङ्खलालाई निरन्तरता दिने क्रममा कीर्तिपुर स्वयंसेवक समाजका परिकल्पनाकार तथा सल्लाहकार तथा मानव संसाधन बिज्ञ आकर्षण प्रधानबाट कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ शिर्षकमा कार्यक्रम आयोजना भएको हो ।
प्रधानले उक्त अवसरमा कीर्तिपुरका समस्याहरु केलाउँदै अघि बढ्न सहकार्य कसरी गर्न सकिन्छ भनेर प्रस्तुतिकरण गरे ।
कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रम कार्यसमितिका सदस्य इ. सरु मानन्धरले संचालन गरिन् भने भने धन्यवाद ज्ञापन तथा कार्यक्रमको समापन सरल गोपाल महर्जनले गरे ।
युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न विसं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।
प्रतिक्रिया