Logo

बिजनेस होम

टाटा मोटर्सको ‘भ्यालेन्टाइन एक्सचेञ्ज’ अफर सार्वजनिक


GDP नेपाल
   २६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङको भ्यालेन्टाइन स्पेशल ‘एक्सचेञ्ज विथ लव’ कार्यक्रम सुरु भएको छ ।

३ दिनसम्म आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाउको छ । उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे।बि। मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगंज, नारायणघाटमा रहेको एस एच मोटर्स लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा यो कार्यक्रम भएको छ ।

यो अफरमा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु भएको कम्पनीको भनाइ छ ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह