Logo

बिजनेस होम

पर्यटन बोर्ड सदस्य मिलन देवकोटालाई सदस्य-सचिवको जिम्मेवारी


gdpnepal
   २६ माघ २०८०, शुक्रबार


काठमाडौं । नेपाल पर्यटन बोर्ड सदस्य मिलन देवकोटाले सदस्य-सचिवको जिम्मेवारी प्राप्त गरेकी छन् ।

बोर्डको सदस्य सचिव कार्यकारी प्रमुख हुने व्यवस्था भए पनि हाल बोर्ड नेतृत्व रिक्त रहेको छ ।

पर्यटन बोर्डको कार्यकारी समितिमा बोर्ड सदस्य रहेकी देवकोटालाई सदस्य सचिव तोकिएको हो।

बोर्ड अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

सचिव दिपक काफ्लेले बोर्डको संचालक समिति सदस्य देवकोटालाई बोर्डको सीइओ नियुक्त नहुञ्जेलसम्मका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।

‘नेपाल पर्यटन बोर्डमा हाल कार्यकारी प्रमुख रिक्त रहेकाले नेपाल पर्यटन बोर्ड ऐनबमोजिम कार्यकारी प्रमुखको नियुक्त नभएसम्म बोर्डको कार्यकारी समिति सदस्य मिलन देवकोटालाई कार्यकारी समितिको सदस्य सचिव भई कामकाज गर्न तोक्ने,’ शुक्रबारको बोर्ड बैठकले गरेको निर्णयमा उल्लेख छ ।

माघमा १६ गतेदेखि बोर्ड सीइओविहिन छ ।

बोर्डमा नयाँ तीन सदस्य चयन प्रक्रिया जारी रहँदा सीईओ छनोट प्रकृया समेत सुरु हुन सकेको छैन ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह