Logo

बिजनेस होम

नेपाल कोल्ड स्टोरेज संघ अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित


gdpnepal
   २८ माघ २०८०, आइतबार


काठमाडौं। नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित संघको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् । संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा एवं सचिवमा गोकुल बराल सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका हुन् ।

यस्तै संघको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् । साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौ सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई संघले आमन्त्रित सदस्य मनोनीत गरेको छ । सर्वसम्मत भएका सबै पदमा एक-एक मात्र दरखास्त परेको थियो ।

संघको साधारणसभामा निवर्तमान अध्यक्ष सुरेन्द्रपप्रसाद बलायाले उच्च अदालतले शीत भण्डारको पक्षमा गरेको निर्णय कार्यान्वयनमा नआएको भन्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

राज्यले विद्युत् महशुल छुट दिए पनि विद्युत प्राधिकरणसँग यससम्बन्धी विवादका कारण समस्या सिर्जना भएको उनको भनाइ छ ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह