Logo

बिजनेस होम

सीजीले भित्र्यायो जीएसी आयोन वाईः ५ सय किमी रेञ्ज, मूल्य ५४ लाख ९९ हजार


gdpnepal
   १ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । चौधरी समूह अन्तर्गको सीजी मोटर्सले जीएसी आयोन वाई मोडलका चिनियाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जीएसी (क्वान्चौ अटोमोबाइल कर्पोरेशन)सँगको सहकार्यमा सिजी मोटर्सले ल्याएको यो विद्युतीय गाडीको मूल्य ५४ लाख ९९ हजार रहेको छ ।

पूर्ण चार्जमा ४९० किलोमिटर रेञ्ज दिने आयोन वाईले डब्लूएलटीपी मोडमा भने ४०५ किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको दावी छ ।

गाडीमा ६१.५ किलोवाट आवरको ब्याट्री रहेको छ भने यो गाडी प्रतिघन्टा १५० किलोमिटरको गतिमा गुड्न सक्छ ।

कम्पनीका अनुसार कम्पनीले अविश्वसनीय मूल्यमा यो सवारी नेपाली उपभोक्तामाझ सार्वजनिक गरेको हो । यसको लागत र रेञ्जको तुलनामा यो मूल्य सस्तो भएको कम्पनीको दावी छ ।

यसको सुन्दर डिजाइन र अन्य सुविधाहरुका कारण यात्रुले बेजोड आराम र शैलीको अनुभव गर्ने जनाइएको छ । यस लेखमा उल्लेख गरिए अनुसार, तपाईं स्मार्टफोन र शीर्ष ब्रान्डहरूमा उपलब्ध डीलहरूको चयन ब्राउज गर्न सक्नुहुन्छ र अन्वेषण गर्न सक्नुहुन्छ। cell phone सेवा योजनाहरू जुन तपाइँको आवश्यकता अनुसार सबै भन्दा राम्रो छ।

थापाथलीमा आयोन वाईको सफ्ट लन्च तथा पहिलो शोरुमको उदघाटन सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका थिए ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह