Logo

फोटो

काठमाडौं आउँदै मिटरब्याज पीडितको न्यायमार्च (फोटोफिचर)


GDP नेपाल
   ४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौं । न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका छन् ।

शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिडेर काठमाडौंतर्फ आइरहेको छ ।

आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरुलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् ।

यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ ।

सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरुको समस्या भने ज्यूँकात्यूँ छन् ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह