Logo

बिजनेस होम

नेपालीले नागरिकताकै भरमा भारतीय सीमकार्ड पाउनेः राजदूत शर्माको सार्थक पहल !


gdpnepal
   ८ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको पहलमा भारत जाने नेपालीहरुले त्यहाँको सीमकार्ड सहज रुपमा पाउने भएका छन् ।

भारतमा अध्ययन, उपचार वा भ्रमणमा जाने नेपालीले त्यहाँको सीमकार्ड प्राप्त गर्न कठिनाइ भइ समस्या झेल्नुपरेको थियो ।

अब भने अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने भएका छन् ।

यसअघि प्राविधिक कारण देखाउँदै भारतले नेपालीलाई सीमकार्ड दिने गरेको थिएन ।

राजदूत शर्माका अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामै यो निर्णय आएको छ ।

भारत सरकारो यो निर्णयसँगै भारत जाने नेपालीले राहत महशुस गर्नेछन् ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह