Logo

अर्थनीति

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान


GDP नेपाल
   ९ फाल्गुन २०८०, बुधबार


बेलायतले नेपालको दुई परियोजना कार्यान्वयनमा अनुदान उपलब्ध गराउने भएको छ । बेलायतले नेपाल इन् बिजनेस–एनआइबी र ग्रीन ग्रोथ प्रोग्राम–जीजीपी परियोजना कार्यान्वयन गर्न ७ करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने भएको हो ।

यस सम्बन्धि नेपाल भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री महतले नेपाल– बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकमा आभार व्यक्त गरे ।

“आर्थिक रुपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्वपूर्ण छन्”, उनले भने ।

बेलायती मन्त्रीले आर्थिक रुपान्तरण, जलावायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवद्र्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताए ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह