Logo

बिजनेस होम

उद्योग सञ्चालनका लागि जग्गा प्राप्ति प्रक्रिया सरलीकरण गरिने


gdpnepal
   १४ फाल्गुन २०८०, सोमबार


काठमाडौं । सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गर्ने बताएका हुन् ।

“औद्योगिक क्षेत्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिनेछ,” विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्रीले भने, “उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गरिनेछ ।”

यस्तै, सरकारले बन्द भएका सरकारी संस्थान पुनः सञ्चालन गर्न निजी क्षेत्रलाई शेयर दिने भएको छ ।

बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्न पहल गरिने अर्थमन्त्रीले पेश गरेको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

“निजी क्षेत्र प्रतिस्पर्धी भएका क्षेत्रमा रहेका सार्वजनिक संस्थानको शेयर बिक्री वा व्यवस्थापन करारको माध्यमबाट सार्वजनिक संस्थानको विनिवेश गरिनेछ,” अर्थमन्त्रीले भने ।

निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिनको रुपमा विकास गर्न आवश्यक नीतिगत प्रबन्ध गरी अनुकूल वातावरण बनाइने तथा उद्योग स्थापना र सञ्चालनमा वित्तीय पहुँच सहज बनाइने अर्थमन्त्रीको घोषणा छ ।

औद्योगिक विकासमा वैदेशिक लगानी प्रवर्द्धन गरिने उल्लेख गर्दै उनले वैदशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै विप्रेषणको औपचारिक आप्रवाह बढाउन थप सरलीकृत गरिने जनाए ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह