Logo

बिजनेस होम

आइफोन प्रयोगकर्ताका लागि एमसीडोडोका एक्सेसरिज नेपालमा


gdpnepal
   १४ फाल्गुन २०८०, सोमबार


काठमाडौं । विश्वव्यापी रुपमा निकै प्रसिद्ध एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

एडुटेक इन्टरनेशनल प्रा.लि. ले आइफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो ।

एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरु, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र, नेपाली बजारमा एमसीडोडोका रु ५०० मुल्य देखि १२,००० हजार मुल्यसम्मका एकसेसरिजहरु रहेका छन् ।

बढ्दो आइफोनप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरुलाई सहजिकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरु – आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरु ल्याएको छ । उक्त एक्सेसरिजहरु विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरुले देशभरका विभिन्न रिटेल पसलहरु तथा दराजबाट खरिद गर्न सक्नेछन् ।

एमसीडोडोका उत्पादनहरु उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएका छन् । यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध छन् ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह