Logo

बिजनेस होम

आजदेखि ७ औँ नेपाल मेडिकल एण्ड ल्याव एक्स्पो सुरु


GDP नेपाल
   १७ फाल्गुन २०८०, बिहिबार


आजदेखि ७ औँ नेपाल मेडिकल एण्ड ल्याव एक्स्पो २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो ३ दिनसम्म चल्ने छ । एक्स्पोमा भारतका अधिकांश कम्पनीहरुको सहभागीता रहेको छ ।

एक्स्पोमा अस्पतालका लागि चाहिने स्वास्थ्य सामाग्री प्रदर्शनमा राखिएको छ । एस.डी.प्रोमो मिडिया प्रा.ली को आयोजना र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालको सहकार्यमा मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् ।

ल्याब एक्स्पोमा विटुवि मेडिकल, डाइगोनोस्टिक, ल्यावरोटरी तथा विश्लेषणात्मक साधनहरु राखिएका छन् ।

यस प्रदर्शनीले पछिल्लो पटक मेडिकल इक्विपमेन्टमा भएको विकास, आधुनिक प्रविधिको प्रयोग र यसका बारेमा बुझ्न चाहने नेपालीहरुलाई प्रदर्शनीले फाइदा पुग्ने क्यामसनका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ सिप तथा स्वास्थ्य समीतिका सभापति भक्त हमालले बताए । उनले स्वास्थ्य समबन्धी जानकारीका लागि चाहिने सम्पूर्ण सामाग्री र त्यस सम्बन्धी ज्ञान ल्याव एक्स्पोमा पाइने बताए ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह